असारे पानीमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का

0 minutes, 0 seconds Read

काठमाडौं। नेपालमा महाभूकम्प गएको चार बर्ष पूरा भएर पाँच बर्ष पुगिसकेको छ। यद्यपि, भूकम्पको त्रासले छाडेको छैन्।

आज शनिवार अपरान्ह ४ बजेर १५ मिनेट जांदा काठमाडौं उपत्यकामा भूकम्को डरलाग्दो धक्का महशुश भयो। एकातिर लामो समयदेखि असारे बर्षा हुन नसकिरहेको बेलामा असारे बेसारे पानी पर्नु र अर्कोतिर भूकम्पले धक्का दिएपछि काठमाडौ उपत्यकावासी त्रसित हुनु स्वभाविक हो।

४ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भक्तपुरको दूधपाटी केन्द्रविन्दु रहेको यस भूकम्पले काठमाडौं उपत्यकालाई हल्लाएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीकाअनुसार यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन हो।
प्रकाशन मिति–२०७६ साल असार २१ गते शनिवार ।

Similar Posts