आज भगवान बुद्धको २५६३ औं जयन्ती–लुम्बिनीमा विशेष कार्यक्रम

0 minutes, 0 seconds Read

काठमाडौं। आज भगवान बुद्धको २५६३ औ बुद्ध जयन्ती। बुद्ध जयन्तीको अवसरमा देश तथा विदेशमा भगवान बुद्धको महिमा र गौरबताको बारेमा प्रवचन सहित विभिन्न कार्यक्रमहरु आयोजना भएको छ। यसैसन्दर्भमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम भएको छ।

यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेर त्यहाँ बृक्षारोपण गरेका छन्। लुम्बिनीको नयाँ ग्राममा प्रधानमन्त्री ओलीले बृक्षारोपण गरेका हुन्। प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको समेत शुभारम्भ गरेका छन्।

वृक्षारोपणपछि प्रधानमन्त्री ओली महिलबार चोकबाट शुरु भई लुम्बिनीस्थित केन्द्रीय नहर हुँदै अघि बढ्ने र्‍यालीमा पनि सहभागी बनेका छन् । र्‍यालीकै क्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी नयाँ ग्राममा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका छन्।

यी यावत कार्यक्रमका साथमा लुम्बिनी आजको दिन धपक्कै बलेको छ। विश्वभर भगवान बुद्धको महिमा र महत्व अनि शान्तिको आवश्यकताका वारेमा विचार विमर्श कार्यक्रम भैरहेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ ४ गते शनिवार ।

Similar Posts