आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन

0 minutes, 0 seconds Read

काठमाडौं। आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन। आजको दिनलाई मातातिर्थ औंसी पनि हो। आजको दिन आफूलाई जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने उत्सव हो।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनकारुपमा लिइन्छ। आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन्।

यसदिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट, मातातीर्थमा मेला लाग्ने गर्दछ। शनिबार बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ। आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन्।

आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनि वर्णित छ। आमाको महत्व र आवश्यकतालाई आजको दिनले अझ धेरै दर्शाउने गरेको छ। आमालाई आजको दिन मात्र होइन, हरेक दिन सम्मान गर्नु आवश्यकता रहेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख २१ गते शनिवार । ( आमाको मुख हेर्ने दिवस मातातिर्थ औशी)

Similar Posts