कवि दुबसु क्षेत्री बेलायतका लागि नेपाली राजदूतमा नियुक्त

0 minutes, 0 seconds Read

काठमाडौ। दुर्गाबहादुर सुवेदी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साे पदमा नियुक्त गरेकी हुन्।

Dubasu-Chhetriनेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त डा. सुवेदी परराष्ट्र मन्त्रालयका सहसचिव हुन्। डा. सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन्।

विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका सुवेदी साहित्यमा दुबसु क्षेत्रीका नामले परिचित छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले अायाेजना गर्ने राष्ट्रिय कविता प्रतियाेगितामा प्रथम भएका सुवेदी एक स्थापित कवि हुन्।
प्रकाशन मिति–२०७३ साल भदौ २२ गते बुधवार ।

 

Similar Posts