कागेश्वरी–मनहराको मूलपानीमा रेकर्डेट रक्तदाताको सम्मान

0 minutes, 0 seconds Read

काठमाडौ । कागेश्वरी–मनहरा नगरपालिकामा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको  सम्मान भएको छ। कागेश्वरी–मनोहरा नगरपालिका मूलपानी स्थित देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदाता कर्माचार्यको भव्य सम्मान गरेको हो।

सहकारीव्दारा मूलपानीमा आयोजित विशेष रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो। त्यस रक्तदान कार्यक्रमको प्रमुख आकर्षण बनेका रेकर्डेट रक्तदाता कर्माचार्य स्वतःस्फूर्त रक्तदान गर्नेहरुका लागि ऊर्जा नै बनेका थिए।

आयोजक देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रमोद खनालको सभापतित्वमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरूष गरि जम्मा ४९ जनाले स्वयंसेवी रक्तदान गरेका थिए।
प्रकाशन मिति–२०७६ साल बैशाख १५ गते आइतवार ।

Similar Posts