काठमाडौ। वालबालिकामा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किड्डी फेश अफ द एयरको तेश्रो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ। शनिवार आयोजित कार्यक्रममा बालबालिकाहरूले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका थिए।
बालबालिकाहरूले कार्यक्रममा नृत्य, गायन, अभिनय, चित्रकला, बक्तृत्व कला, वाद्य वादन लगायतका प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट–शोका निर्णायकमा गायक तथा म्यूजिक ऐरेन्जर कम्पोजर सोहन मानन्धर, मिस काभे्र सिजन ९ का विजेता स्नेहा प्रधानाङ्ग, डान्स कोरियोग्राफर सुमित्रा खड्का र व्युटीसियन गुण केशरी ताम्राकार रहेका थिए।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा भैरहेको किडी फेश अफ द एयरको तेश्रो संस्करणको कोरियोग्राफी रेडियन्ट इभेन्टका फाउण्डर डाइरेक्टर राज फैजु रहेका छन्। विजेताहरूलाई विभिन्न विज्ञापनहरूमा अवसर प्रदान गरिने जानकारी संस्थाकी कार्यकारी निर्देशक एवं फेशन डिजाइनर श्रीषा वैदार फैजुले बताएकी छन्।