कीर्तिमानी आरोही कामीरिताको २४ औं सगरमाथा आरोहण

0 minutes, 0 seconds Read

काठमाडौं। कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन्। कामीरिताले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेका हुन्।

गत बुधबार कामीरिताले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए। एकै सिजनमा कामीरिताले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन्।

सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक पुर्‍याउने छ।

प्रकाशन मिति–२०७६ साल जेठ ७ गते मंगलवार ।

Similar Posts