खुराफाती हाकिम मनोज आचार्यलाई पितृशोक

0 minutes, 0 seconds Read

Manoj Acharyaकाठमाडौ। लोकप्रिय टेलिसिरियल जिरे–खुर्सानीका चर्चित पात्र खुराफाती हाकिम अभिनेता मनोज आचार्यलाई शनिवार पितृशोक परेको छ।Manoj Acharya pitaअभिनेता आचार्यको ९२ बर्षिय पिता नूरनाथ आचार्यको शनिवार विहान १०.३० बजेतिर काठमाडौको चावहिल स्थित मेडिकेयर अस्पतालमा निधन भएको छ।  शनिवार नै पशुपति आर्यघाटमा धार्मिक परम्परागत परम्परा अनुसार अभिनेता आचार्यको पिताको दाहसंस्कार गरिएको छ। दाहसंस्कारमा जिरे–खुर्सानी तथा ब्रेकफेल सिरियलका कलाकारहरुको पशुपति आर्यघाटमा उपस्थिति देखिएको थियो।

अभिनेता आचार्य पिताको शोकमा पशुपति स्थित क्रियापुत्री घरको १८ नंबर कोठामा क्रियामा बसेका छन्। अभिनेता आचार्य सहित तीनभाइ क्रियामा रहेका छन्। आचार्य दिवंगत नूरनाथ आचार्यका माइलो पुत्र हुन।
प्रकाशन मिति–२०७३ साल बैशाख ११ गते शनिवार ।

Similar Posts