गर्भमै लात मार्ने म

0
253

–शोभा दुलाल मुडभरी

आमाको गर्भमा फुल्दै थिएकि
बाबाको सपनीमा झुल्दै थिए !
हृदयमा त्यही पल
ढुकढुकी पलाएको थियोे ।
त्यतिमात्र कहाँ हो र ?
सिङ्गो शरीरमा तातो र रातो
रगत सल्बलाएको थियो ।

मेरो एउटा सिङ्गो आकाश
गर्भ भित्रै छाएको थियो ।
त्यही चन्द्र सूर्य अंकित भै
ताप राप र शितलताको
संतुलन पैदा गराएको थियो ।
त्यसैले त सिन्चित हुँदै गए
शान्त श्वासप्रस्वास संगै म।

आमालाइ भित्रैबाट लात
अन्जानमै बर्षाएको थिए ।
सुम्सुम्याउदै हासिन आमा उल्लासमा
उल्लासमै थपियो हर्ष बाबाको ।
हेरत गर्भमै लात मार्ने म,
कुकुर्ममै जन्मदाता प्रसन्न भएको।
म त एउटा बिज न थिए,
आमाको गर्भमा फुल्दै गरेको ।

आमाको कर्ण–कर्ण रगत र
बाबाको श्रमको पसिना संगै
गर्भ भित्रै सिन्चित हुँदै गएको
सुनौलो सपनीको कबचले बेरिएको
भबिष्यको क्षितिज मानिएको
म एउटा बिज न थिए,
आमाको गर्भमा फुल्दै गरेको ।

बढदै गरेको मेरो स्थूल रुप
आमाको प्रसबतासंगै धर्तिमा झरेको।
प्रायश्चितसंगै च्याहा गरि ।।।।
सान्दार उपस्थिति जनाएको।
चन्द्र सूर्यको ताप र राप संगै
आमाको लाम्टो चुस्दै हुर्केको ।
प्रथम पटक आँखा खुल्दा
नीलो आकाशको चन्द्र सूर्यलाई
चार हात,खुट्टा फर्काइ अभिवादन गरेको ।

चार जात छतिस बर्णको फुलबारीमा
टाउकोटेकी धर्तीमा झरेको ।
नीलो आकाशमा चन्द्र,सूर्य
नशा नशामा रातो रगत बगेको।
सदियौ देखि मेरो देश ,
मेरी आमा र मेरो झण्डालाई
जन्मजात नेपाली,आफैले चिनेको ।

म बिर सपूत आमाको सन्तान ।
शिरमा सगरमाथा ओडी हिंडेको।
रातो झन्डामा नीलो किनारा
बीचमा चन्द्र सूर्य उदाएको।
फहराउछु निरन्तर जुगौसम्म ।
टुट्न दिन्न आमा तिम्रो सान
जन्मदै मैले सपथ खाएको !

स्वयम्भु, डल्लुमार्ग–१५, काठमाडौं, नेपाल ।
प्रकाशन मिति–२०७७ साल भाद्र १० गते बुधवार ।