काठमाडौ। नेपाली चलचित्रमा स्वभाविक अभिनय गर्ने अब्बल दर्जाकी अभिनेत्री मानिएकी गौरी मल्ल पहिला भन्दा फुर्सदिला दिन विताइरहेकी छन्। जापान तथा अमेरिकाको लामो बसाई पश्चात नेपालमा नै फर्केर नेपाली चलचित्रको संवद्र्धन तथा प्रवद्र्धनमा लागिरहेकी अभिनेत्री मल्ल पछिल्लो पल्ट घोडासँग देखिएकी छन्।
नेपालमा घोडा व्यवसाय पनि महत्वपूर्ण मानिएको छ। काठमाडौमा लामो समय देखि घोडा व्यवसाय गर्दैआएका नेपाली चलचित्रका कलाकार अनुराग कुँवरले सञ्चालित घोडाको बग्घी व्यवसाय गृह निरीक्षण गर्ने क्रममा घोडासँग फोटो सेसन समेत गरेकी छन्।
चर्चित संगीतकार चेतन सापकोटाले अभिनेत्री मल्लको पोज पोजका गजब्बका फोटो खिचिदिएपछि यतिखेर गौरी मल्ल र घोडा विषयमा चर्चा–परिचर्चा चलेको छ। अभिनेत्री मल्लले विवाहको यादगार बनाउन फूलले सज्जाइएको घोडाको बग्गी अर्थात रथमा बसेर आफ्नी प्यारीलाई आफ्नो जीवनमा स्वागत गर्न अनुरोध गर्दै आफूपनि अनुराग कुँवरको एञ्जेल तबेलामा पुगेको बताएकी छन्।
वि.सं.२०४२ सालमा निर्माण भएको चलचित्र सन्तानवाट फिल्मी करियर बनाएकी अभिनेत्री मल्लले सयौ कालजयी फिल्ममा अभिनय गरिसकेकी छन्। अभिनेत्रीको अलावा गायिका तथा कवियत्रीको प्रभावशाली छवि पनि मल्लले कायम गर्दैआएकी छन्।