चित्र–बिचित्रको गजबको रमाइलो कमेडी सिरियल चित्र–बिचित्रको पहिलो एपिसोड (With Comedy Film Chitra Bichitra)

0 minutes, 2 seconds Read

काठमाडौ। जे देखिन्छ त्यो हुन्न । जे हुन्छ त्यो देखिन्न। यो समाजको चित्र,जसलाई आफ्नो थान्छौ। असल र राम्रो मान्छौ। हुन्छ त्यो नै बिचित्र अनि चित्र बिचित्र। मानिसको सामाजिक जीवनमा यिनै चित्र–विचित्रको बेग्लै पाराको बास्तविक कथावस्तुमा बेग्लै कमेडी सिरियल बेलायतवाट रिलिज भएको छ।

भिजन संसारको गौरबमय प्रस्तुति कमेडी सिरियल चित्र–विचित्रको पहिलो एपिसोड रिलिज भएको हो। सनम कुमार बैरागको लेखन तथा सम्पादन रहेको यस कमेडी सिरियलको निर्देशन आशिषराज पन्तले गरेका छन्।

बेलायतमा नै रहेका ख्यातिप्राप्त रंगकर्मीहरु सुरेश श्रेष्ठ, प्रशुना कंडेल, सुस्मिता थापा, राजदीप राई, निश्चल दाहाल र शिव भण्डारी लगायतका कलाकारहरुले यस धारावाहिक कमेडी सिरियलमा अभिनय गरेका छन्। यस सिरियललाई भिजन संसारको आधिकारिक युट्युब च्यानलवाट हेर्न सकिन्छ।

प्रस्तुत छ–चित्र विचित्रको पहिलो एपिसोड ।

प्रकाशन मिति–२०७४ साल माघ ५ गते शुक्रबार ।

Similar Posts