चीनको बेइजिङमा नेपालकी राष्ट्रपतिव्दारा नेपाली भाषामा गौरबशाली सम्बोधन

0 minutes, 0 seconds Read

काठमाडौं। चीनको राजधानी बेइजिङमा चलिरहेको दोस्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीमा सम्बोधन गरेकी छन्।

विश्वका राष्ट्र प्रमुखहरुले कुनैपनि देशमा सम्बोधन गर्दा जानी–नजानिकन अंग्रेजीमा सम्बोधन गर्नुभन्दा आफ्नै राष्ट्रभाषामा सम्बोधन गर्नु गौरबशाली कुरा हो। यसक्रममा नेपालकी राष्ट्रपति भण्डारीले नेपाली भाषामा नै सम्बोधन गरेर त्यस गौरबतालाई कायम गरेकी हुन्।

३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विशिष्ट विदेशी प्रतिनिधिहरूमाझ राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरेर नेपाली हुनुको गौरबता बढाएकी छन्।

राष्ट्रपति भण्डारीले सम्बोधनमा नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख १३ गते शुक्रवार ।

Similar Posts