चीनको सहयोगमा नेपालमा पेट्रोल खानीको अन्वेषण

0 minutes, 0 seconds Read

Petrol-at-Bahuni-Morangकाठमाडौ। पेट्रोलको अभावले सधै तनाव हुने नेपालमा चीनको सहयोगमा पेट्रोल खानीको अन्वेषण प्रारम्भ भएको छ। नेपाली र चीनिया सरकारी प्राविधिकको संयुक्त टोलीले खानीको बुधवारवाट अन्वेषण थालनी गरेको सरकारी अधिकारीहरुले जनाएका छन्। टोलीमा सात चिनियाँ र दुई नेपाली प्राविधिक छन्।

सदरमुकाम विराटनगरबाट करिव ३७ किलोमिटर पूर्वउत्तरमा पर्ने बाहुनीको पेट्रोल खानीको अन्वेषण २५ वर्षदेखि रोकिएको थियो । नेपाल र चीनबीच भएको सम्झौता अनुसार खानी अन्वेषण गर्न झिन दाकिवुईको नेतृत्वमा चिनियाँ प्राविधिक टोली आएको छ।

खानी तथा भूगर्भ विभाग पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेका अनुसार प्राविधिकको टोली एक सातासम्म बाहुनीमा बसी खानीको अन्वेषण गर्नेछ। प्रारम्भिक अनुसन्धान सकेपछि खानी पाइएको खण्डमा थप दोश्रो चरणमा उत्खनन् गर्ने काम अघि बढाइने छ।

प्रकाशन मिति–२०७३ साल जेठ ५ गते बुधवार ।

Similar Posts