जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको नयाँ जापानी भाषा हाते किताव अव बोल्न सिकौं

0 minutes, 0 seconds Read

ललितपुर। विगत ३३ बर्षदेखि जापानी भाषा प्रशिक्षण प्रदान गर्दैआएका अग्रज जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको पछिल्लो सरल जापानी भाषा पुस्तक प्रकाशित भएको छ। आकासाको नौलो प्रस्तुतिका रुपमा अव बोल्न सिकौं नामक जापानी भाषा प्रशिक्षणको किताव प्रकाशित भएको छ।

हाते पुस्तकको रुपमा प्रकाशित भएको अव बोल्न सिकौ कितावबाटै जापानी भाषा सरल रुपमा सिक्न सकिने दावी लेखक प्रद्युम्नलाल नेवाःको दावी रहेको छ। आकासा जापानी भाषा केन्द्रका प्रमुख जापानी भाषा प्रशिक्षक नेवाःको यो उत्कृष्ट प्रकाशनले जापानी भाषाका प्रेमीहरुको लागि अत्यन्त सहज र सरल हुने देखिएको छ।

अर्कोतर्फ जापानी भाषा सिकेर जापान जान चाहने तथा जापानी पर्यटकहरुसंग उनीहरुकै भाषामा बोलेर नेपालमा पर्यटन प्रवद्र्धन गर्नेहरुका लागि पनि अति उपयुक्त माध्यमका रुपमा आफूले प्रस्तुत गरेको जानकारी लेखक नेवाःले भिजन संसार डटकमलाई दिएका छन्। आरडीएन पब्लिकेसन भोटाहिटी, काठमाडौंले यस हाते कितावको प्रकाशन गरेको हो। ६ सय ४० पृष्ठको यो हाते कितावको मूल्य नेरु.४६० रहेको छ।

यसअघि लेखक नेवाःको जापानी भाषा बोलौ, व्याकरण जानौ, अव लेखौं हिरागाना–काताकाना, अव खान्जी अभ्यास, खान्जी लेख्ने तरीका, जापानी शव्दकोष, काताकाना शव्दकोष र हिरागाना चार्ट नामक आठ नेपाली भाषामा लेखिएको जापानी हाते किताव प्रकाशित भैसकेको छ। थप जानकारीका लागि लेखक नेवाःको मोवाइल नंबर ९८४१३६०२२१ र ९८४१७५७३१२ मा संपर्क गर्न सकिने भनिएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २४ गते आइतवार ।

Similar Posts