जेठ महिनामै महाभूकम्प आउने भनेर भ्रम फैलाउने ज्योतिष प्रहरीको फन्डामा परेपछि ठण्डा

0 minutes, 0 seconds Read

काठमाडौं। नेपालमा जेठ महिनामै फेरि महाभूकम्प आउने दावी गर्दै जनतालाई त्रासमा पार्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेपछि आफ्नो बोली फेरेका छन्। महाभूकम्पको भविश्यवाणी ठोकुवा गर्दै हिँडेका ज्योतिष क्षेत्रीले प्रहरीसामु भने आफूले अनुमानको भरमा बोलेको र त्यसमा कुनै सत्यता नरहेको बयान दिएका हुन्।

महाभूकम्पको भविश्यवाणी गर्ने तर आफुलाई समात्न प्रहरी कहिले आउँछ भनेर भविश्यवाणी गर्न नसक्ने क्षेत्रीको कुराले अहिले सबैजना जिल खाएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको बताएका छन्। क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीलाई ज्योतीष महासंघले ज्योतिषहरुमाथि नै आँच आउने गरी जथाभावी बोल्दै हिँडको भन्दै कारबाही गरिसकेको थियो। सो कुरा प्रहरी अनुसन्धानबाट पनि खुल्न आएको प्रवक्ता बोगटीले बताएका छन्। क्षेत्रीले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । युट्युबमार्फत क्षत्रीले जेठ २८ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए। पक्राउ परेका क्षेत्रीमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २२ गते बुधवार ।

Similar Posts