जोहेब मानन्धरको बेजोड गायनमा सुधा खड्काको नयाँ आयाम (With Music Video)

0 minutes, 8 seconds Read

काठमाडौं। नया बर्ष २०७६ को आगमनको पूर्वसन्ध्यामा ख्यातिप्राप्त गायक जोहेब मानन्धर र गायिका सुधा खड्काको नया गीत सार्बजनिक भएको छ। अत्यन्त मीठो मेलोडी, शब्द र आवाज को समिश्रण रहेको यो जिन्दगी बोलको गीत शुक्रवारवाट विश्वव्यापी एकसाथ रिलिज भएको हो।

दुई दशक नेपाली सांगीतिक क्षेत्रमा जीवन अर्पण गरिसकेका चर्चित गायक जोहेब मानन्धरको शब्द र संगीत अनि नव गायिका सुधा खड्कासंगको युगल गायनको तालमेलले गीतले छोटो समयमा निक्कै लोकप्रियता हासिल गरेको छ। अमेरिकामा बसोबास गर्ने गायिका सुधा खड्का को यो भन्दा अगाडिपनि केही गीत चर्चामा थिए। तर, युगल गायनको गायिका खड्काको यो पहिलो गीत बनेको छ।

धेरै माया–प्रेमको गीत सुनेर वाक्क दिक्क भैरहेको श्रोताहरुलाई यस गीतले रिफ्रेश बनाएको सुन्ने तथा हेर्नेहरुको टिप्पणी रहेको छ। जिन्दगीको बारेमा निकै नै मीठो भाव ब्यक्त गरेर लेखेको गीत एकदम सान्दर्भिक देखिन्छ। यस गीतको भिडियोमा गायक जोहेब मानन्धर आफै प्रस्तुत भएका छ्न्। जोहेबलाई मोडेल रचिता छेत्रीले अभिनयमा साथ दिएकी छन्।

गीत को मीठो अरेन्जमेन्ट सन्दिप कार्की को छ भने, मिक्स मास्टर अशोक महर्जनले गरेका छन्। क्यामेरा र एडित चर्चित भिडियो मेकर रन्धिर श्रेष्ठ (Aras Post Production)को छ। मेक अप मा बीना र कृति छन। साना साना बालबालिका को साथ को लागि Motherhood child care center को सहभागिता छ भने भिडियो को डाइरेक्सन गायक जोहेब मानन्धर आफैले गरेका छन्।

प्रकाशन मिति–२०७५ साल चैत्र २९ गते शुक्रवार ।

Similar Posts