टर्कीको सिमाना नजिक सिरियामा बम विस्फोट–४० को मृत्यु

0 minutes, 0 seconds Read

seriya-tarky-bom-blastकाठमाडौ। टर्कीको सिमाना नजिक सिरियामा विहीवार बम विस्फोट भएको छ। जसमा परेर मृत्यु हुनेहरुको संख्या ४० पुगेको अरब अल–मायादिन टेलिभिजनले जनाएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएको पनि सोही टेलिभिजनले भनेको छ।

बिस्फोट ‘फ्रि सिरियन आर्मी’ (एफएसए) अन्तर्गतको समूहलाई लक्षित गरी अताम्ब सीमा क्षेत्रमा गराइएको टेलिभिजनले बताएको छ। एफएसए टर्कीको सिमानामा सिरियाली भूमिमा पकड रहेको सिरियाली विद्रोही समूह हो।

यस बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) ले लिएको छ।
प्रकाशन मिति–२०७३ साल असोज २० गते विहीवार ।

Similar Posts