
काठमाडौ। नेपालकी चलचित्र नायिका जोस्ना फुयाँललाई पुत्र लाभ भएको छ। शनिवार विहान ७ बजे काठमाडौको पुतलीसडक स्थित भ्याली नर्सिङ्ग होममा नायिका फुयाँललाई पुत्र लाभ भएको हो।
दर्जनौ नेपाली चलचित्र तथा विभिन्न टेलिसिरियलहरुमा सशक्त अभिनय गर्दैआएकी नायिका फुयाँल पुत्र लाभवाट निक्कै दंग बनेकी छन्। नर्मल डेलिभरिवाट पुत्र लाभ गरेकी नायिका फुयाँल र शिशुको स्वास्थ्य अवस्था निक्कै राम्रो रहेको छ।
जसवाट नायिका जोस्ना फुयाँलको श्रीमान रुपक फुयाँल पनि अत्यन्त खुशी देखिएका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २० गते शनिवार । नेपाल संवत ११३७ कछला खस्ति ।