दीपक मनाङेको नेकपामा प्रवेश–मनाङे सुध्रिने मुख्यमन्त्रीको विश्वास

0 minutes, 0 seconds Read

पोखरा। गण्डकी प्रदेशका विवादास्पद स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मनाङवाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी सांसद गुरुङलाई विहीवार पोखरामा नेकपाका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरेका छन्।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै विसं.२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। त्यही मुद्दामा उनलाई गत विसं.२०७५ वैशाख ६ गते प्रहरीले पक्राउ गरेर थुनामा राखिएको थियो। पछि पुस ६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनी शपथ लिएर प्रदेशसभामा जान थालेका थिए।

यिनै सांसद दीपक मनाङे सुध्रन चाहेकै कारण नेकपामा प्रवेश गरेको र उनी सुध्रिने मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बताए।
प्रकाशन मिति–२०७६ साल असार १९ गते विहीवार ।

Similar Posts