रेजिना उप्रेती र विमला केसीको गजबको चर्चा

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली चलचित्र उद्योगका धरोहर दुई नायिका रेजिना उप्रेती र विमला केसी यतिखेर चर्चाको शिखरमा रहेकी छन्। नायिका रेजिना उप्रेती नेपाल चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष पदमा अत्यन्त लोकप्रिय मत प्राप्त गरेर व्यापक चर्चामा आएकी हुन्।

लोकप्रिय मतकी चर्चित नायिका भएको कारण जताततै रेजिना उप्रेतीको डिमाण्ड रहेको छ। नेपाल चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष भएयता रेजिनाको सोही डिमाण्डले व्यस्तता पनि निक्कै बढ्ेको छ।

अर्कोतर्फ नायिका विमला केसी नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा बहुमतले जित्ने निश्चिन्तता हुंदाहुंदै पनि चुनाव नलडेकै कारण व्यापक चर्चामा आएकी हुन्। नेपाल चलचित्र कलाकार संघकी पूर्वकोषाध्यक्ष रहेकी नायिका विमला केसीले चलचित्र कलाकार संघको कल्याणकारी कोष खडा गर्न एक्लै भएपनि फिल्म च्यारिटी–शो गरेर गजबकै कार्य गरेकी थिइन्। जुन कुरा चलचित्र कलाकार संघका नयाँ कार्य समितिले अवश्य पनि भुल्दैन भन्ने कुरा सवैमा लागेको छ।

स्वभाविक अभिनयका निडर व्यक्तित्व यिनै नायिका विमला केसी यतिखेर नेपाल चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा मनोनित बन्ने प्रबल संभावनाले पनि थप चर्चामा आएकी हुन्। नयाँ कार्य समिति विमलाको पक्षमा रहेको बताएतापनि अर्को एक पक्ष भने विपक्षमा भएको कारण नव निर्वाचित अध्यक्ष रविन्द्र खड्कालाई उपाध्यक्षमा मनोनित गर्न कठिनाई भएको चलचित्र कलाकार संघ समाचार स्रोतको भनाई रहेको छ।

त्यो बाधा–अडकाउ फुकेमा निश्चित रुपमा चर्चामा रहेकी विमला केसी मनोनित उपाध्यक्ष बन्ने निश्चित रहेको छ। विमला केसी उपाध्यक्षमा मनोनित बनेमा बहुमतले निर्वाचित रेजिना उप्रेतीलाई पनि काम गर्न हरेक कोणवाट सहज हुने देखिएको छ। अर्कोतर्फ दुवै नायिका फरक धारवाट आएका नायिका भएतापनि दुवै अत्यन्त मिल्ने साथी पनि हुन्। दुवैले दुवैलाई हरेक कोणवाट सहयोग गर्दैआएका पनि छन्। यसअर्थमा पनि संघमा दुवै साथीहरु उपाध्यक्ष भएको हेर्ने सवैको चाहना रहेको छ।
प्रकाशन मिति–२०७६ साल असार १६ गते सोमवार ।

Similar Posts