दुई महिनाको शिशुलाई कलेजो दान दिने महान पिताको यथार्थ घटनामा आधारित गीतको भिडियो सार्वजनिक

0
221

काठमाडौं। मन छुने अत्यन्त मर्मस्पर्शी तथा वास्तबिक घट्नामा आधारित गीतको भिडियो रिलिज भएको छ। जन्मेको दुई महिनामा नै कलेजो फेर्नुपर्ने शिशुको यथार्थतामा बनेको उक्त भिडियो रिलिज भएको हो।

सुदुर पश्चिम नेपाल बैतडीका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेको वास्तविक घटनामा वनेको यथार्थतामा गीत अनि भिडियो वनेको हो।

तिनै प्रत्येक छोराछोरीका लागि हार्ने बाउहरु मध्येको एक बाउको यथार्थ घटनामा आधारित गीत मेरो जिन्दगी सार्वजनिक भएको हो। कमला सुवेदी सापकोटाको शब्द, महाराज थापाको संगीत संयोजन,निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेको जिवन्त अभिनय रहेको छ । बाल कलाकारमा रिदम तामाङ रहेका छन् भने भिडियो राज पोखरेलले खिचेका हुन् ।

प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।