दूरसंचार सेवाका लागि नेपालले अव भारतको मात्र भर पर्नु नपर्ने

0 minutes, 0 seconds Read

Fiberकाठमाडौ। रसुवागढी नाकावाट चीनसंग अप्टिकल फाइबर जोडिएपछि दूरसंचार सेवाका लागि तारयुक्त प्रविधिवाट विश्व सञ्जालमा जोडिन भारतको मात्रै अव नेपालले भर पर्नु नपर्ने भएको छ।

गत साता जमिनमार्गबाट चीनसँग अप्टिकल फाइबर जोडिएपछि नेपालको सूचना प्रविधिमा भारतीय एकाधिकार अन्त्य भएको हो । रसुवागढी नाका हुँदै फाइबरमार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एकआपसमा जोडिएका हुन् ।

दुवै मुलुकका प्राविधिक टोलीले गत साता फाइबर परीक्षण गरिसकेको छ। परीक्षण क्रममा रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा सफल भएको थियो।
प्रकाशन मिति–२०७३ साल जेठ २९ गते शनिवार ।

Similar Posts