धनगढीवाट बझाङका लागि छुटेको यात्रुवाहक बस डडेल्धुरामा दुर्घटना–६ को मृत्यु र ३३ घाइते

0 minutes, 0 seconds Read

डडेल्धुरा । डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि ३३ जना घाइते भएका छन्। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस साहुखर्क नजिक दुर्घटनामा परेको हो।

बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण बसको क्षमताभन्दा बढी यात्रु वोकेकोले भएको प्रहरीको अनुमान रहेको छ। घाइतेहरुलाई विभिन्न अस्पताल लगिएको छ। एकजना भारतीय नागरिकको उपचारका क्रम निधन भएपछि मृतकको संख्या ६ पुगेको हो।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीय कल्सीदेवि गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर र १८ वर्षीय मोहमद गुल्जार रहेको प्रहरीले भनेका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख ११ गते बुधवार ।

Similar Posts