ध्रुव दत्त र विना राई अभिनित झरी सरीको पोस्टर बेलायतवाट सार्वजनिक

0 minutes, 4 seconds Read

dhuraba-dattas-jhari-sari-1काठमाडौ। बेलायतमा हालै छायाँकन भएको विश्वप्रसिद्ध गायक उदितनारायण झाले गाएको गीतको म्युजिक भिडियोको लण्डनमा पोस्टर सार्वजनिक भएको छ।

dhuraba-dattas-jhari-sari-2

झरी सरी बोलको अत्यन्त राम्रो मानिएको गीतको म्युजिक भिडियोमा बेलायतमा नै रहेका नेपाली चलचित्र तीन घुम्तीका ख्यातिप्राप्त अभिनेता ध्रुव दत्तले अभिनय गरेका छन्। अभिनेता दत्तको नायिकाको भूमिकामा बेलायतमा नै रहेकी अभिनेत्री विना राईले अभिनय गरेकी छन्। Direction/Story/Edit: Sultan Edhingo को रहेको छ।

dhuraba-dattas-jhari-sari-3अनल गौतमको शव्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको झरी सरी बोलको गीतको भिडियोको छायाँकन स्वप्निल लिम्बूले गरेका छन्। सुल्तान फिल्मस् युकेको व्यानरमा निर्माणमा भएको गीतको भिडियोको छायाँकन बेलायतको असफोर्डमा गरिएको हो। यो गीतको भिडियो चाँडै नै बेलायतवाटै वल्र्डवाइड रिलिज हुने भएको छ।


प्रकाशन मिति–२०७३ साल असोज ११ गते मंगलवार ।

Similar Posts