नयाँ बर्ष २०७३ मा पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुने

0 minutes, 0 seconds Read

Gyanendra Shahकाठमाडौ। नयाँ बर्ष २०७३ सालको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको नाममा शुभकामना सन्देश प्रवाह गर्दै नयाँ सालमा सक्रिय हुने संकेत गरेका छन्। सक्रिय हुने संकत गरेतापनि ज्ञानेन्द्रले आफू कसरी र कुन माध्यमवाट सक्रिय हुने स्पष्ट पारेका छैनन्।

शुभकामनाकै क्रममा नेपाली राजनीतिक नेतृत्वप्रति तिव्र वितृष्णा पोख्दै राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको भनेका छन्।

नेपाली भाषा, धर्म, संस्कृति, इतिहास र सभ्यता विपरित प्रहार भैरहेको कुरा उल्लेख गर्दै शुभकामनामा पूर्वराजा ज्ञानेन्द्रले स्वदेश हेरेर मात्र विदेश हेरौ र स्वदेश चिनेर मात्र विदेश चिनौ भनेर पेचिलो सन्देश दिएका छन्।

Gyanendra In Bankok 1प्रकाशन मिति–२०७२ साल चैत्र ३० गते मंगलवार ।

Similar Posts