काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राप्रपाको तर्फवाट स्थानीय चुनावमा काठमाडौवाट उपमेयर बन्ने भनेर नायिका रेखा थापाको व्यापक नाम आएको थियो। त्यसलाई केवल हल्लाको संज्ञा दिएर नायिका थापा काठमाडौको उपमेयर पदको उम्मेदवारीवाट ब्याँक गेयर बनेकी छन्।
काठमाडौको नगर र जिल्ला कमिटीवाट आफूलाई सिफारिस गरिएको कुरालाई स्वीकार गर्दै नायिका थापाले त्यस पदमा आफ्नो कुनै रुचि नभएको भनेकी छन्। आफूले काठमाडौको उपमेयरमा चुनाव लड्ने कुनै चाहना नै व्यक्त नगरेको बताएकी छन्।
उममेयर भन्दा आफ्नो चाहना त मेयर नै बन्ने हो भन्ने नायिका थापा आफ्नो बेला भैनसकेकोले यो स्थानीय चुनावमा केवल भोटर र कार्यकर्ता बनेर पार्टीलाई सहयोग गर्ने भनेर स्पष्ट धारणा राखेकी छन्। मेयर–उपमेयर भन्दा माथि उठेर राष्ट्र हाँक्ने आफ्नो भावी योजना भएको नायिका थापाले भनेकी छन्।