
काठमाडौ। तीन बर्षअघि विवाह गरेकी नायिका रेजिना उप्रेती गर्भवती बनेकी छन्। यही आउने नोभेम्वर महिनाको दोश्रो हप्तारित नायिका उप्रेती आमा बन्ने भएकी छन्।
आमा बन्ने भएकोले सार्वजनिक समारोहहरुमा खासै उपस्थिति नजनाएको बताउने उप्रेती आमा बन्न गैरहेको रोमाञ्चकता एकातिर छ भने, अर्कोतिर चार महिनासम्म निक्कै गाह्रो भएकोमा भने हैरान समेत भएकी छन्।
पाँच महिना पुग्दा पेटभित्रको बच्चाले पेटमा लात्तिले हान्दा भने बेग्लै रोमाञ्चकता महशुश हुने गरेको पनि भनेकी छन्। छोरा या छोरी जे भएपनि आफ्नो लागि स्वीकार्य हुने बताउंदै छोरा र छोरीमा विभेद गर्न नहुने तर्क उनको रहेको छ।
रेजिनाको श्रीमान सुरज पोखरेल पनि बाउ हुन गैरहेकोमा अत्यन्त दंग देखिएका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।