निक्कै कस्सिलो टाइट जिन्स पाइन्ट लाउने अस्पताल भर्ना

0
2066

काठमाडौ। निकै कसिलो तथा टाइट जिन्स लगाउने शोख पालेकी एक युवतीका लागि उक्त शौख यति भारी सावित भयो। जसलेगर्दा उनले लगातार ४ दिनसम्म अस्पतालमा उपचार्थ बस्नु पर्यो। समाचार एजेन्सीका अनुसार हालै अस्ट्रेलियाको एडिलेडकी ३५ वर्षीया युवतीले यति निक्कै कसिलो पाइन्ट लगाएकी थिइन् । उक्त टाइट पाइन्ट निक्कै कसिएपछि रक्तनली समेत थुनिएर उनका खुट्टाहरुमा रक्तप्रवाह नै रोकियो । त्यसपछि खुट्टाहरु एक्कासी सुन्निन थाले र हिँडडुल गर्न समेत नसक्ने भइन्। अन्ततः उनलाई एक अस्पतालमा गएर जिन्स पाइन्ट काटेरै निकाल्नुपर्यो।

tie-dye-jeansटाइट जिन्स पीडित यी महिला ट्याक्सी चढेर रोयल एडिलेड हस्पिटल पुगिन् । अस्पतालका डाक्टरहरुले त्यो हालत देखेपछि आश्चर्यमा परे । खुट्टाहरुमा रक्तप्रवाह पनि रोकिएको थाहा पाएपछि डाक्टरहरु झनै गम्भीर बने अनि टाइट पाइन्ट काटेर तथा च्यातेर निकाल्नुपर्यो । डाक्टरहरुले यस घटनालाई फेसन भिक्टिम नाम दिएका छन्।

tie-dye-jeans-2

टाइट पाइन्ट पीडित महिलाका अनुसार उनले उक्त दिन विहान मात्र उक्त जिन्स लगाएकी थिइन् । साँझपख उनी पार्कमा घुम्न निस्किएकी थिइन् । पार्क घुम्दै गर्दा उनले आफ्ना खुट्टाहरु सुन्निँदै गएको र खुट्टामा महसुस हुन छाडिसकेको थाहा पाइन् । केहीबेर पछि त उनी हलचल गर्न तथा उभिन पनि नसक्ने भइन् । त्यसपछि उनले एउटा ट्याक्सी पक्रेर तत्कालै अस्पताल पुगिन्।

tie-dye-jeans-1

डाक्टरहरुका अनुसार टाइट जिन्सले महिलाका तिघ्राहरु कमजोर बनाइदिन्छ । त्यस्तै पिडौलामा रहेका दुइ प्रकारका स्नायु प्रणालीमा पनि दबाब सिर्जना हुन्छ । खुट्टामा रक्तचाप कम हुन जान्छ र त्यसले समग्र स्नायु प्रणालीमै गम्भीर असर पुर्याउने गर्दछ।
प्रकाशन मिति–२०७३ साल असोज १ गते शनिवार ।