
काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा.निशाकुसुम भण्डारीको आइतवार इन्गेजमेन्ट भएको छ। त्यो पनि नेपालकै पूर्वराष्ट्रपति डा.रामबरण यादवका नाति अभिषेक यादवसंग महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवासमा सुटुक्क इन्गेजमेन्ट गरिएको समाचार स्रोतले बताएको छ।
विहान ९ बजेदेखि ११ बजेसम्म शीतल निवासको कोशी हलमा इन्गेजमेन्ट समारोह चलेको स्रोतको दावी रहेको छ। सिमित एमालेका नेताहरु र राष्ट्रपति भण्डारी तथा यादव परिवारका सिमित आफन्त गरेर करिब १ सय जतिको जमघटमा इन्गेजमेन्ट कार्यक्रम भएको थियो। नेपाली कांग्रेसका सांसद किरण यादवका छोरा रहेका अभिषेक यादव र राष्ट्रपति भण्डारीकी छोरी डा.निशाकुसुम बचपनदेखिकै साथी भएको र उनीहरु दुवैले सानैवाट बूढानिलकण्ठ स्कुल पढेका हुन्।

Nisha-Kushum-with-Abishek-Yadav in ingajement at Rastrapati Niwash Nepal.
स्कुल पढेदेखि दुवै वीचको दोस्ती पछि प्रेममा बदलिएको उनीहरुको पारिवारिक स्रोतले भनेका छन्। नेपाली कांग्रेसका बर्तमान साँसद किरण यादव पूर्वराष्ट्रपति डा.रामबरण यादवका साख्यै भतिजा भएकोले अभिषेक यादव नाति पर्न गएको हो।
प्रकाशन मिति–२०७३ साल असोज ३० गते आइतवार ।