नेपालको मौसममा गडबढी–उज्यालो आकाशमा एकाएक अन्धकार–मेघ गर्जन सहित बर्षा

0 minutes, 0 seconds Read

काठमाडौं। आज शनिबार बिहान एकाएक नेपालको मौसममा गडबढ भएको छ। भर्खर उज्यालो भएको आकाश एकाएक रात परेजस्तो अध्यारो हुंदै चर्को हावाहुरी तथा मेघ गर्जन सहित पानी पर्न थालेपछि सवैलाई आतंकित नै बनाएको थियो।

बारा र पर्सामा आएको हावाहुरीको कारण विपदमा पारिएको त्यो अवस्थालाई मध्यनजर गर्दै सोही विपद काठमाडौं लगायत देशैभर हुने हो कि भन्ने सवैमा डर उत्पन्न गराएको थियो। विहान नै नेपालको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम अपडेट जारी गर्दै काठमाडौँ उपत्यका लगायत देशका अधिकांश ठाउँमा मेघ गर्जन सहित वर्षा भइरहेको जनाएको थियो।

नेपालका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित वर्षा गराउने बादल विकसित हुनुको साथै काठमाडौँ उपत्यका लगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको महाशाखाले बताएतापनि शनिवार दिउंसो भने नेपालको मध्य तथा पश्चिमको केही भूभागमा विकसित प्रणालीका कारण उपत्यका लगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षाले निरन्तरता पाउने देखिएको जनाएको छ।

देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जन–चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू–भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ।

राति देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ। देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू–भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ। यसको प्रभाव सोमवार सम्म हुने भनिएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र २३ गते शनिवार ।

Similar Posts