नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राई नियुक्त

0 minutes, 0 seconds Read

Durja Kumar Raiकाठमाडौ। नेपालको सशस्त्र प्रहरीका कायममुकायम महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरिएको छ। मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले राईलाई कायममुकायम महानिरीक्षकमा नियुक्त गरिएको हो। सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तविरुद्ध अख्यिार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा चलाएकोले नेपाल सरकारले राईलाई उनको स्थानमा कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिइएको हो।

महानिरीक्षकमा प्रमोसन पाएका राईको जन्म वि.सं. २०१८ साल मंसीर १ गते भोजपुरको नागी–४ मा भएको थियो। वि.सं. २०४३ सालमा प्रहरी निरीक्षक पदवाट नेपाल प्रहरीको सेवामा प्रवेश गरेका राईले त्रिभुवन विश्वविद्यालयवाट मानविकी विषयमा स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन्।

राई वि.स. २०५८ सालमा नेपाल प्रहरीवाट सशस्त्र प्रहरीमा सरुवा भएका थिए। विभिन्न जिल्ला प्रहरी कार्यालयमा प्रमुख बनिसकेका राई सशस्त्र प्रहरी गणहरुमा गणपति बन्नुको अलावा उपत्यकाका विभिन्न प्रहरी इकाई कार्यालय प्रमुखको जिम्मेवारी पूरा गरिसकेका छन्। प्रहरी अनुशासनलाई कडाइपूर्वक लागू गर्नुपर्छ भन्ने राई अनुशासित प्रहरी अधिकारीको रुपमा चिनिएका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख १५ गते बुधवार ।

Similar Posts