नेपाली चलचित्रका चर्चित निर्माता तथा निर्देशक गगन विरही गंभीर अवस्थामा अस्पताल भर्ना

0 minutes, 0 seconds Read

gagan-birahi-2काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ।

बुधवार काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीको अवस्थामा खासै सुधार आइनसकेको पारिवारिक स्रोतले बताएको छ। लिभरको समस्यावाट पीडित विरहीलाई केही दिन अघिमात्र भारतको नयाँदिल्लीमा उपचार गराएर काठमाडौ ल्याइएको थियो।

gagan-birahi-1

दिल्लीमा रोग निराकरण नहुने देखेपछि परिवारले विरहीलाई स्वदेश ल्याएको हो। नर्भिक अस्पतालको छैठौ तल्लामा रहेको जिसियु वार्डमा विरहीको उपचार भैरहेको छ।

संकल्प, बादल, झझल्को,घर–आँगन, मितेरी गाउं तथा शिखर लगायतका चलचित्रका निर्माता तथा निर्देशक समेत रहेका विरही लामो समय अमेरिका बस्दैआएका थिए। पाँच बर्ष अगाडि मात्र नेपाल फर्केर चलचित्र तथा साहित्यको नियमित कार्यमा फर्केर विरही रमाउंदै आएका थिए।
प्रकाशन मिति–२०७३ साल कात्तिक ४ गते विहीवार ।

Similar Posts