नेपाली चलचित्र जिस्म भारतमा हिन्दी भाषामा हिन्दी नाममै रिलिज हुने

0 minutes, 0 seconds Read

Jism Nepali film in Hindi

काठमाडौ। नेपालमा पोर्नस्टार बन्न आतुर बनेकी अर्चना पनेरु अभिनित यौनजन्य फिल्म जिस्मको नेपालीको अलावा अव हिन्दी भाषामा समेत भारतमा रिलिज हुने भएको छ। नेपालीमा जिस्म नाम दिएतापनि भारतमा रिलिज गर्न तयार गरिएको पोष्टरमा जिस्मको हिन्दी नाम एक जान हैं हम राखिएको छ।

चलचित्र निर्देशक राजु गिरीका अनुसार नेपालका लागि हाइलाइट नेपाल र भारतको ए.के.क्रियशनवीच भारतमा रिलिज गर्नको लागि संझौता गर्ने कार्य संपन्न भैसकेको छ। हिन्दी भाषामा चलचित्रको डविङ्ग गर्ने कार्य भैरहेको निर्देशक गिरीले भनेका छन्।

नेपालमा भने नेपाली भाषामा असार ३१ गतेवाट जिस्म नामवाट अलनेपाल रिलिज हुने भएको छ। चलचित्र जिस्ममा अर्चना पनेरुको अलावा सुरेन्द्र बुढा, ओकेश पनेरु लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।

Similar Posts