नेपाली युवती मिस इङल्याण्डको फाइनलमा

0 minutes, 0 seconds Read

लण्डन। मिस इङल्याण्डको फाइनलमा बेलायतमा रहेकी नेपाली युवती पुगेकी छन्। प्रतिष्ठा ‘तृष’ राउत मिस इङल्याण्डको फाइनलमा पुगेकी हुन्। बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार लेस्टर टाइगर स्टेडियममा भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्येवाट छानिएकी छन् । प्रतिष्ठा फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् ।

प्रतिस्पर्धामा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । सेमिफाइनलमा इको ड्रेस राउन्ड, लिटल ब्ल्याक ड्रेस राउन्ड र ब्युटी विथ पर्पोज गरी ३ राउन्ड भएको थियो । पब्लिक भोटले उनलाई ‘पब्लिसिटी क्विन’ उपाधि दिलाएको छ ।

प्रतिष्ठाले यही सिलसिलामा एक च्यारिटीका लागि १४ सय पाउन्डसमेत संकलन गरेकी छन् र उठ्ने क्रम जारी छ । हङकङमा जन्मिएकी प्रतिष्ठा ५ वर्षको उमेरदेखि बेलायत बस्दैआएकी छन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मीना राउतकी एक्ली छोरी उनले १६ वर्षको उमेरमै मोडलिङ गर्न थालेकी थिइन् ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेसाले प्लोर प्लान आर्किटेक्ट हुन् । उनले गत वर्ष बेलायतको चर्चित फार्नबोरो एयर शोको फलोर प्लान गरेकी थिइन् । छिट्टै रेजिडेन्सियल हाउजिङ आर्किटेक्ट फर्म खोल्ने र मोडलिङ पनि एकसाथ अगाडि बढाउने सोच उनको छ।

मिस इङल्याण्ड विजेताले टाइटिलसहित २५ हजार पाउन्ड पुरस्कार, मिस वर्ल्डमा सहभागिता र विभिन्न च्यारिटी कार्यमा आबद्ध हुन मौका पाउने आयोजकले जनाएका छन् । अन्तिम प्रतिस्पर्धा समरमा हुने भनिएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २० गते सोमवार ।

Similar Posts