नेपाली व्यावसायिक पत्रकारिताका धरोहर पत्रकार पुष्करलाल श्रेष्ठको दुःखद निधन

0 minutes, 0 seconds Read

काठमाडौ। नेपाली व्यावसायिक पत्रकारिताका धरोहर अग्रज पत्रकार तथा कामना न्यूज पब्लिकेसनका अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुःखद निधन भएको छ। ६० बर्षको उमेरमा आज बुधवार विहान ११ बजेर ४९ मिनेटको समयमा अग्रज पत्रकार श्रेष्ठको निधन भएको हो।

लामो समयदेखि उपचारको क्रममा काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा रहेका पत्रकार श्रेष्ठको उपचारको क्रममा नै निधन भएको कामना न्यूज पब्लिकेसनले जनाएको छ।

नेपाली चलचित्र पत्रकारिताको धरोहर कामना मासिकको ३५ बर्ष अगाडि प्रकाशन गरेर चलचित्रको पनि पत्रकारिता हुन्छ भन्ने जल्दोबल्दो उदाहरण पेश गरेर चलचित्र पत्रकारितालाई पनि मेन स्ट्रीममा ल्याउन सफल पत्रकार श्रेष्ठले त्यसपछि खोजमूलक पत्रिका साधना प्रकाशन गरेर तहल्का नै मच्चाएका थिए।

त्यसपछि, सन्ध्यालिन पत्रकारिताको टर्निङ प्वाइन्ट पत्रिका महानगर निकालेर अहिलेको अहिल्यै समाचारको ताजा खुराक पस्कन सफल पत्रकार श्रेष्ठले नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकालाई पनि निरन्तर प्रकाशन गरेर खोजी पत्रकारिताको सर्वोत्कृष्टता उदाहरण दिएका श्रेष्ठ नेपाली पत्रकारिता जगतकै निडर अगुवा पत्रकारका रुपमा मानिन्छ।

प्रकाशन मिति–२०७६ साल बैशाख ४ गते बुधवार ।

Similar Posts