नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्कियो–ठूलो क्षति हुनवाट जोगियो

0 minutes, 0 seconds Read

काठमाडौं। मलेसियाको राजधानी क्लालामपुरबाट काठमाडौं आउंदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ।

निगमको उडान नम्बर आरए ४१६ अवतरण गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो। समाचार स्रोतका अनुसार ल्याण्डिङको बेला चरा ठोक्किएको कारण ठूलो क्षति हुनवाट जोगिएको छ।

चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । नेपाली नाम सगरमाथा रहेको यसको कलसाइन किलो व्हिस्की हो। निगमका प्राविधिकहरुले बिहीबार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने जनाएका छन् ।
प्रकाशन मिति–२०७६ बैशाख ५ गते विहीवार ।

Similar Posts