नेपाल स्वयंसेवी रक्तदाता समाजको १४ औं केन्द्रीय राष्ट्रिय साधारणसभा संपन्न

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली स्वयंसेवी रक्तदाताहरुको छाता संगठन नेपाल स्वयंसेवी रक्तदाता समाजको १४ औं केन्द्रीय राष्ट्रिय साधारणसभा संपन्न भएको छ।भब्य समारोह बीच काठमाडौंको बागबजार स्थित होटल हार्दिकको सभा कक्षमा सम्पन्न भएको हो।

समाजका अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा आयोजित उक्त साधारणसभामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रूणा झा प्रमुख अतिथि,केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा.मनिता राजकर्णिकार,नेपाल स्वयंसेवी रक्तदाता समाजका कानुनी सल्लाहकार अधिवक्ता नारायण प्रसाद श्रेष्ठ,प्राबिधिक सल्लाहकार प्रा. डा.बिशेष पौडेल, सहप्रा.डा. रत्नमणि गजुरेल, हेमोफोलिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक र संस्थापक अध्यक्ष दीब्यमणि दिक्षित रहेका थिए।

स्वयंसेवी रक्तदाता रमेश दाहाललाई प्रमुख अतिथिबाट रक्त संकलन थैली हस्तान्तरण गरेर नयाँ शैली तथा ढंगवाट १४ औं केन्द्रीय राष्ट्रिय साधारणसभाको समुद्घाटन भएको थियो। साधारण सभामा रेकर्डेट रक्तदाता समेत रहेका सभापति प्रेमसागर कर्माचार्यले रगतको महत्व र यसको आवश्यकता अनि रक्तदानको बर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए। 
प्रकाशन मिति–२०७६ साल बैशाख ३१ गते मंगलवार ।

Similar Posts