पचली भैरब जात्राको दर्शन तथा खड्ग साट्न पूर्वराजा ज्ञानेन्द्र जाने

0
1327

gyanendra-shahकाठमाडौ। नेपाल सरकारले नेपाली संस्कृति र परम्परालाई वास्ता नगरेको ठहर गर्दै त्यसको प्रतिशोधमा पचली भैरब जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस बर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन्।

अन्नपूर्ण पोष्टको समाचार अनुसार पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्रध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ। असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका हुन्।

मल्ल राजा गुणकामदेवको पालदेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन वर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए।

२०५८ सालमा राजा भएपछि राष्ट्रध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन असोज १६ गते भीमसेनस्थान पुग्दैछन्। २०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो।
प्रकाशन मिति–२०७३ साल असोज १० गते सोमवार ।