पच्चीस किलो तौल घटाएकी संचिता लुइंटेलको सुन्दरता

0 minutes, 0 seconds Read

काठमाडौ। बर्ष दिनको अन्तरालमा दुई सन्तानकी आमा बनेकी नायिका संचिता लुइंटेलको सुन्दरतामा कुनै कमी आएको पाइदैन। दुई सन्तानकी आमा बनेयता संचिता अझ बोल्ड देखिएकी छन्। हरविहान मर्निङ्ग वाक तथा जीउ बनाउने कसरत गरेर चाँडै नै जीउलाई सेपमा ल्याइसकेकी एक्सन हिरो निखिल उप्रेती पत्नी संचिता चलचित्र राधा मार्फत कमव्याँक बनेकी छन्।

Sanchita Luitel in Radhaयोगेश घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र राधामा राधाको लिड क्यारेक्टरमा संचिताले अभिनय गरेकी छन्।। संचिताको नायकको भूमिकामा नायक जीवन लुइंटेलले अभिनय गरेका छन्। चलचित्र राधाको लागि संचिताले अस्वभाविक रुपमा बढ्ेको ८८ केजीको तौलमा २५ केजी घटाउन सफलता पाएकी छन्।

Sanchita Luitel 1हाल ६३ केजीको तौलमा ज्यानलाई फिट एण्ड फाइन राख्न सफलता पाएकी संचिता लुइँटेल पहिला जस्तै स्लीम सुन्दरी बन्न थालेकी छन्। अव पहिला जस्तै निरन्तर नेपाली चलचित्रको अभिनयमा लाग्ने उनले बताएकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ १३ गते सोमवार ।

 

Similar Posts