पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल

0 minutes, 0 seconds Read

ताप्लेजुङ। पूर्वी नेपालको ताप्लेजुङको ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ।

पाथीभरा मन्दिरमा आइतबार सम्पन्न जिल्ला समन्वय समिति महासंघ १ नं प्रदेश समन्वय कमिटीको सातौं विशेष बैठकले पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो।

११ जिल्लाका समन्वय समिति प्रमुख,उपप्रमुखलगायत पदाधिकारी तथा सदस्यको भेलाले ३ वटा महत्वपूर्ण निर्णयका साथ सकिएको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले वताएका छन्।

मादेनका अनुसार बैठकले पाथीभरा मार्गको सुकेटारदेखि काफ्ले पाटीसम्मको कच्ची सडक कालोपत्रे तथा काफ्ले पाटी देखि पाथीभरा मन्दिर सम्मको पदमार्ग स्तरोन्नती गर्न संघीय तथा प्रदेश सरकारलाई विशेष अनुरोध गर्ने निर्णय पनि गरेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख ८ गते आइतवार ।

Similar Posts