पूर्खा दिवसमा बीर गोर्खालीको सम्मान–जिउंदा शहीदको अभिनन्दन

0 minutes, 0 seconds Read

ललितपुर। नेपाल र नेपालीको गौरबमय इतिहास र विरासतलाई जीवन्त पार्न योगदान गरेका पूर्खाहरुको स्मरणमा नेपालमा पूर्खा दिवस भब्यरुपले मनाइएको छ। गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो।

पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई विशेष दिनको रुपमा लिंदै देश–विदेशमा रहेका नेपालीहरुले पूर्खा दिवस मनाउदै आएको छ। पर्वकै रुपमा दिवसलाई मनाउदै विश्व शान्तिका लागि प्रथम र दोस्रो विश्वयुद्ध तथा क्षेत्रीय युद्ध लड्दा जीवन गुमाएका बीर गोर्खालीहरुको स्मरण गरी सम्मान गरिएको थियो भने दोस्रो विश्वयुद्ध लडेका, जिउदो सहिद भनेर परिचित मानबीर लिम्बुलाई अभिनन्दन गरिएको थियो।

ललितपुरको सातदोबाटोस्थित नेपाल कराँते महासंघको कवर्डहलमा भएको कार्यक्रम, नेपाल सशस्त्र प्रहरीका पूर्वआइजिपि दुर्जकुमार राई, राष्ट्रिय गीतको रचनाकार ब्याकुल माइलाको उपस्थितिले विशेष बन्यो। त्यस्तै कार्यक्रममा बरिष्ठ पत्रकार राधेश्याम दाहाल, गेसो उपाध्यक्ष मणीकुमार राई, अल्टा म्याराथन धाविका मिरा राई लगायत विद्यार्थी, खोलाडीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालीको बीरता र विश्व शान्ति स्थापनाका लागि गरेको महान् त्याग, तपश्या र योगदानको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा वक्ताहरुले तिनै बीर गोर्खालीका सन्तानहरुले अहिले विश्व सामु शीर ठाडो पारेर हिड्न पाइरहेको उल्लेख गर्दै शीर झुकाउनुपर्ने गल्तीहरु कुनै पनि नेपालीले नगर्न आव्हान् गरिएको थियो। गोर्खा दिवस नामले सम्पूर्ण पुर्खाको योगदान नसमेटिने निश्कर्षसहित पुर्खा दिवस नामाकरण गरी सन् २००५ अप्रील ५ देखि यो दिवस मनाउन थालिएको थियो ।
(रन्जु राईको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल चैत्र २२ गते शुक्रवार ।

Similar Posts