प्रधानमन्त्री ओली साताव्यापी युरोपको भ्रमणमा प्रस्थान

0 minutes, 0 seconds Read

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको साताव्यापी भ्रमणका लागि शनिबार साँझ स्वीट्जरल्यान्डतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले बिदाइ गरेका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । ३१ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै युरोप यात्रा सुरु गरेका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशन मिति–२०७६ साल जेठ २५ गते शनिवार ।

Similar Posts