प्रधानमन्त्री केपी शर्मा ओलीवाट १९ महिनाभित्र तीन चुनाव हुने खुलासा

0 minutes, 0 seconds Read

PM Oli In Airportकाठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानिय, प्रादेशिक र संघीय सदस्यको निर्वाचन चाँडै गर्ने बताएका छन्। लोकसेवा आयोगले काठमाडौमा आयोजित बार्षिक उत्सव समारोहमा संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यो १९ महिनाभित्र तीनवटै चुनाव गर्ने मिति तय गरिसकेको खुलासा गरेका छन्।

यही मंसीर महिनाभित्र स्थानिय चुनाव र आगामी बर्ष २०७४ सालको बैशाख महिनामा प्रादेशिक र सोही बर्षको मंसीरमा संघीय सदस्यको चुनाव गर्ने ओलीले भनेका छन्। चुनाव नभइकन संविधान कार्यन्वयन गर्न नसकिने भएकोले यी तीनवटै निकायको चुनाव संपन्न गर्न आवश्यक भएको कुरामा ओलीले जोड दिएका छन्।
प्रकाशन मिति–२०७३ साल असार १ गते बुधवार ।

Similar Posts