फेसबुकका मालिकलाई पुत्रीलाभ भएकोमा ४५ अर्ब दान

0 minutes, 0 seconds Read

Page No. 4-Facebook owner Zuckerberg-with-Daughterकाठमाडौ। सवैको प्रिय सामाजिक सन्जाल फेसबुकका मालिक मार्क जुकरवर्गलाई पुत्रीलाभ भएको छ । जुकरबर्गकी पत्नी प्रिसिलाले छोरीलाई जन्म दिएकी छन्। नवजात छोरीको नाम जुकरबर्गले म्याक्स राखेका छन्। छोरी जन्मिएको खुसीयालीमा जुकरवर्गले फेसबुकमा रहेको आफ्नो ९९ प्रतिशत सेयर परोपकारी कामका लागि दान गर्ने घोषणा गरेका छन्।

अर्थात जुकरबर्गले फेसबुकमा भएको आफ्नो करिव ४५ अर्ब डलर दान दिने भएका छन्। जुनकुरा जुकरवर्गले फेसबुकमार्फत नै यो घोषणा गरेका हुन्। ३१ वर्षिय जुकरवर्गले परोपकारी कामका लागि ‘चान–जुकरवर्ग इनिसियटिभ’ नामक ट्रष्टको स्थापना गर्ने घोषणा समेत गरेका छन्। यति ठूलो रकम परोपकारी काममा लगाउने घोषणा गर्ने जुकरवर्गनै संसारको पहिलो र सवैभन्दा कान्छा ब्यक्ति हुन पुगेका छन्।

चिनियाँ मूलकी प्रिसिलासंग जुकरवर्गको भेट हाभर्ड विश्वविद्यालयमा भएको थियो । प्रेम सुरु भएको ९ बर्षपछि अर्थात् सन् २०१२ मा उनीहरुले बिबाह गरेका थिए । छोरी जन्मिएको खुसीयालीमा उनले फेसबुकबाट दुई महिने छुट्टी लिएका छन्।
प्रकाशन मिति–२०७२ साल मंसिर १६ गते बुधवार ।

Similar Posts