बडादशैंको रौनकतामा आज फूलपातीवाट थप रौनकता शुभारम्भ

0 minutes, 0 seconds Read

 

phoolpati-1काठमाडौ। बडादशैंको नवरात्रको सातौ दिन सप्तमी अर्थात फूलपाती आज परेको छ। आजको दिनवाट बडादशैंको रौनकतामा थप रौनकता थपिने गर्दछ। दशैंको फूलपाती हिन्दूहरुले आ–आफ्ना घर–घरमा शास्त्रिय विधिअनुसार शुभसाइतको रुपमा विहानैदेखि भित्राइने कार्य गर्ने र गराइन्छ।

फूलपाती भित्राउनको लागि कुनै शुभसाइत हेर्नु आवश्यक छैन्। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीककारुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ।

हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको छ।

phoolpati-2प्रकाशन मिति–२०७३ साल असोज २२ गते शनिवार । बडादशैंको फूलपाती ।

Similar Posts