बद्री थापाको फोटोग्राफीमा नविनता र गजबताको व्यापकता

0 minutes, 0 seconds Read

काठमाडौं। फोटोग्राफीमा नविनता दिने कार्य हिजोआज प्रतिस्पर्धात्मक रुपमा भैरहेको छ। त्यसमाथि पनि विवाहको फोटोग्राफीमा नविनता र गजबताको सोचको व्यापक विकास गर्ने कार्य फोटोग्राफरहरुवाटै भैरहेको हो।

कोहीभन्दा कोही कम नहुने होडमा फोटोग्राफरहरु रहेको त्यो होडमा फोटोग्राफर बद्री थापा पनि देखिएका छन्। विश्वविख्यात नेपाली फोटोग्राफर च्याङ्बा लामाको उत्प्रेरणावाट फोटोग्राफीमा अग्रता कायम गर्दैआएका फोटोग्राफर थापाका विवाह फोटोमा नविनता र गजबता भेटिन्छ।

विवाहका दुलहा र दुलहीलाई बलिउडका हिरो–हिरोइनभन्दा कम नहुने गरेर विवाह फोटो खिच्ने र सोहीअनुरुप सजावट तथा एल्बम तयार पार्ने कार्यमा फोटोग्राफर थापाले इतिहास रच्ने कार्य भएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर ४ सुकेधारा स्थित कलर ल्याबका संचालक समेत रहेका फोटोग्राफर थापाले व्यापक विवाह उत्सवका फोटोग्राफी गरेर जीवन्तता प्रदान गरेर सवैलाई चकित पार्ने कार्य गर्दैआएका छन्।
प्रकाशन मिति–२०७६ साल असार ६ गते शुक्रवार ।

Similar Posts