बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

0 minutes, 0 seconds Read

Narendra Modi 1काठमाडौ। नेपालमा पाँच महिनाभन्दा बढी नाकाबन्दी गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लाजै नमानिकन नेपाल भ्रमण गर्ने भएका छन्। भारतीय पत्रिका टेलिग्राफको कोलकत्ता संस्करणमा उल्लेख भएअनुसार भारतीय प्रधानमन्त्री मोदी र उनको सहयोगी विहारका मुख्य मन्त्री नीतिश कुमार नेपाल आउने भएका छन्।

मे २१ तारिख अर्थात आगामी जेष्ठ महिनाको ८ गते बुद्ध जयन्तीकै दिन मोदी र नीतिश कुमार नेपाल आउने भनेर टेलिग्राफले लेखेको छ। मोदी र नीतिश कुमार नेपाल भ्रमणका क्रममा बुद्धको जन्मस्थल लुम्विनी जाने पनि भनिएको छ। यसअघि दुई पल्ट नेपाल भ्रमण गरिसकेका मोदीले ती भ्रमणहरुमा नेपालीहरुको मन जित्न सफलता पाएको थियो।

नेपालमा नाकाबन्दी गरेको लगतै विभिन्न देशको भ्रमणको क्रममा नेपालका संवन्धमा विभिन्न भ्रमपूर्ण भाषण दिएको कारण मोदी नेपाल र नेपालीको लागि नजरवाट निक्कै तल गिरेको थियो। त्यो गिरेको साखलाई जोगाउन मोदी नेपाल आएर अर्को मोहजाल फ्याकेर नेपालीको मन जितेर जाने हो कि भन्ने आशंका गरिएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख १७ गते शुक्रबार ।

Similar Posts