बेफुर्सदी मिस नेपाल सवार स्कुटरको नंबर प्लेट क्लियर भएन

0 minutes, 0 seconds Read

काठमाडौं। मिस नेपाल हुनु आफैमा गौरबताको कुरा हो। अझ मिस नेपाल भएपछि पाउने माइलेजले गर्दापनि मिस नेपाल बन्न हानथाप हुनु स्वभाविकता हो।

अर्कोतर्फ मिस नेपाल बनेयता केही गीतका म्युजिक भिडियोको मोडलिङ अनि चलचित्रका हिरोइन बन्नमा सिमित बनिरहेको मिस नेपालहरुको केही समययताको वास्तविकतामा मिस नेपाल २०१८ की मिस नेपाल हाल इमिडेट पास मिस नेपाल बनेकी श्रृंखला खतिवडाको मिस नेपाल देखि मिस वल्र्डसम्मको यात्रामा उनले गरेको कार्य प्रस्तुतिले छलाङ नै मारेको छ। विभिन्न सामाजिक कार्यमा श्रृंखलाको सहभागिता र सहयोगात्मक कार्य अनि चमत्कारिक प्रस्तुतिले आम मिस नेपालभन्दा बढी चर्चा पाउन सफल मिस नेपालका रुपमा लिइने गरेको छ। 

सामाजिक गतिविधिमा पनि अत्यन्त राम्रो प्रभाव राखेकी मिस नेपाल खतिवडा तत्कालिन नेकपा एमालेका नेता विरोध खतिवडाको छोरी पनि हुन्। नेताको छोरी हुनुको खासै कुनै घमण्ड नदेखिएकी पूर्व मिस नेपाल श्रृंखला खतिवडा कुनैपनि सामाजिक कार्यक्रममा नाई नभनिकन पुग्ने गरेकी छन्। त्यो पनि आफैले स्कुटर हाँकेर जाने गरेकी छन्।

पूर्व मिस नेपाल बनेयता नयाँ स्कुटरमा हिंड्न थालेकी श्रृंखलाले स्कुटरको नंबर प्लेट पनि लेख्न भ्याएको पाइएन। शनिवार काठमाडौंमा महाराजगञ्जको सडकमा वाटर पट उदघाटन कार्यक्रममा पुगेकी श्रृंखला सवार स्कुटरमा नंबर प्लेट हातैले लेखिएको पाइयो। जसमा नंबर क्लियर भएको पाइएन।

नंबर प्लेट नयाँ लेखाउन समेत फुर्सद श्रृंखलाले नपाएको क्लियर देखिएको छ। एक पछि अर्को कार्यक्रममा जांदैमा फुर्सद नभएर पनि श्रृंखलाको बेफुर्सदी बढेको हो। बहालवाली मिस नेपाल अनुष्का श्रेष्ठको भन्दा व्यस्तता पूर्वमिस नेपाल श्रृंखला खतिवडाको रहेको छ। यसले गर्दापनि यसो भएको हुनुपर्ने उनी नजिककाहरुको भनाई रहेको छ।


प्रकाशन मिति–२०७६ साल जेठ ५ गते आइतवार ।

Similar Posts