बेलायतका घनबहादुर थापा मगरव्दारा रचित मायाको संसार नेपालमा सार्वजनिक

0 minutes, 0 seconds Read

काठमाडौ। विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगरद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ सार्वजनिक भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार मगरको यस एल्बम राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरेका थिए।

sansar-bimochan-2सङ्गीतकार पावल चाम्लिङको एकल सङ्गीत रहेको उक्त एल्बममाथि समीक्षात्मक टिप्पणी कवि तथा किरात सौन्दर्यशास्त्री भूपाल राईवाट भएको थियो । त्यसै गरी सङ्गीतकार शान्तिराम राईले ‘मायाको संसार’ एल्बम गीत, सङ्गी र गायनपक्ष सबै कोणबाट अब्बल रहेको दाबी गरे । नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष एवं प्राज्ञ शशी लुमुम्बू, कवि तथा गीतकार उषा शेरचन, गीतकार संघ, नेपालका महासचिव शुभ मुकारुङ, गीतकार भूपेन्द्र खड्का तथा नेपाली साहित्य विकास परिषद्, युकेका अध्यक्ष सुरेशजंग शाह लगायतले बोलेका थिए ।

sansar-bimochan-1कार्यक्रममा गायिका श्रेयसी चेम्जोङले विमोचित एल्बमभित्रको ‘हुन्थ्यो होला…’ बोलको गीत गाएकी थिइन् भने स्वरुपराज आचार्यको स्वर रहेको ‘सागर जति गहिरो…’ बोलको गीतमाथि निर्मित म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।
‘देशको माटोमा मेरो फूल’ र ‘क्याक्मीको कोसेली’ नामक कविताकृतिका स्रष्टा घनबहादुरको एल्बममा ‘आउँछु भन्ने मायाको…’, ‘भमरा र फूलबिना…’, ‘त्यागेँ मैले…’, र ‘नेपाली माटो…’ समेत ६ वटा गीत समावेश गरिएका छन् । एल्बममा स्वरुप र श्रेयसीका साथै राजेशपायल राई, टीका प्रसाईं, मिलन अमात्य, सञ्जय तुम्रोक र तारा श्रीस मगरको सुमधुर स्वर सुन्न पाइन्छ । कृष्णा थापा मगरद्वारा प्रस्तुत एल्बम रिभेन्ज म्युजिक क्रियसनले बजारमा ल्याएको हो ।
प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।

Similar Posts