बेलायतका लागि नेपालका नवनियुक्त राजदूत दुर्गावहादुर सुवेदीले गोरखा समस्या हल गर्ने

0 minutes, 0 seconds Read

durga-bahadur-subedi-nepalese-embassodor-fo-uk

लण्डन। बेलायतका लागि नेपालका नवनियुक्त राजदूत दुर्गावहादुर सुवेदी (दुबसु क्षेत्री) ले लामो समयदेखि बल्झिएको गोरखा समस्या कूटनीतिक ढंगवाट हल गर्न आफू लागि पर्ने बताएका छन्।

शुक्रबार लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत सुवेदीले गोरखा समस्या व्दिदेशीय र राजनीतिक प्रकृतिको भएकोले यसको सही समाधान पनि सोही अनुरुप हुने कुरामा आफू विश्वस्त रहेको बताए।

नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध अझ सुमधुर, फलदायी र प्रगाढ़ बनाउनु नै आफ्नो मूल दायित्व भएको स्मरण गर्दै उनले बेलायतस्थित नेपाली डायस्पोरासँग पनि निकटतम सम्बन्ध स्थापित गरेर अघि बढ़ने दृढ़तासमेत व्यक्त गरे।
प्रकाशन मिति–२०७३ साल असोज २३ गते आइतवार ।

Similar Posts